News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रूक र जेकब बेथेललाई न्युजिल्यान्ड भ्रमणमा नियम उल्लङ्घन गरेको आरोपमा क्रिकेट रेगुलेटरले चेतावनी दिएको छ।
- ब्रूकले न्युजिल्यान्डविरुद्ध एकदिवसीय खेलअघि मदिरा सेवन गरी नाइट क्लब प्रवेशमा रोकिएपछि नियम उल्लङ्घन गरेको खुलेको छ।
- इंग्ल्यान्ड क्रिकेट बोर्डले ब्रूकलाई आन्तरिक जरिवाना गरेको र टोलीमा राति १२ बजेको कर्फ्यु लागू गरेको छ।
१९ चैत, काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी दिइएको छ।
इंग्ल्यान्डको स्वतन्त्र निकाय क्रिकेट रेगुलेटरले दुवै खेलाडीले नियम उल्लङ्घन गरेको ठहर गर्दै ‘कसन नोटिस’ जारी गरेको हो। यसअनुसार उनीहरूलाई अन्तिम चेतावनी दिइएको छ र आगामी तीन वर्षसम्म यो रेकर्डमा रहनेछ।
घटना अनुसार, ब्रूकले न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलअघि राति मदिरा सेवन गरेका थिए र एक नाइट क्लबमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेको बताइएको छ। सुरुमा उनी एक्लै भएको बताएका थिए, तर पछि बेथेल र जोश टंग पनि सँगै रहेको स्वीकार गरेका थिए।
इंग्ल्यान्ड क्रिकेट बोर्डले ब्रूकलाई आन्तरिक रूपमा जरिवाना गरेको थियो तर सार्वजनिक गरिएको थिएन। यो घटना पछि मात्र सार्वजनिक भएको हो।
यस घटनापछि टोलीमा अनुशासन कायम गर्न इंग्ल्यान्डले राति १२ बजेको कर्फ्यु नियम लागू गरेको छ, जुन आगामी खेलहरूमा पनि जारी रहने अपेक्षा गरिएको छ।
यस घटनामा टंगलाई भने थप कारवाही गरिएको छैन।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4