News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा लिभरपुललाई ४–० ले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
- खेलमा हालान्डले ३९औं, इन्जुरी समयमा र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका छन्।
- हालान्डले टोलीको प्रदर्शन उत्कृष्ट रहेको भन्दै आफू ह्याट्रिक गर्न पाउँदा खुशी भएको बताउनुभयो।
२१ चैत, काठमाडौ् । एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा लिभरपुललाई ४–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको क्वार्टरफाइनल खेलमा पहिलो ३०–३५ मिनेटको खेल प्रतिस्पर्धात्मक देखिए पनि त्यसपछि सिटीले खेलमा पूर्ण नियन्त्रण जमायो।
हालान्डले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि सिटी २–० ले अघि रह्यो।
दोस्रो हाफ सुरु भएको केहीबेरमै सिटीले आफ्नो आक्रामक खेललाई जारी राख्यो। ५०औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै अग्रता ३–० पुर्याए।
त्यसपछि ५७औं मिनेटमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र सिटीलाई ४–० को फराकिलो जित दिलाए।
खेलपछि हालान्डले टोलीको प्रदर्शन उत्कृष्ट रहेको भन्दै आफू ह्याट्रिक गर्न पाउँदा निकै खुशी भएको बताए।
उनले पहिलो हाफको सुरुआतमा केही कठिन भए पनि ३० मिनेटपछि टोलीले राम्रो लय समातेको प्रतिक्रिया दिए
प्रतिक्रिया 4