+

एन्फा वरिष्ठ उपाध्यक्ष खड्काको पक्षमा उच्च अदालतको फैसला

२०८२ चैत  २५ गते २१:१९ २०८२ चैत २५ गते २१:१९
एन्फा वरिष्ठ उपाध्यक्ष खड्काको पक्षमा उच्च अदालतको फैसला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको पक्षमा फैसला गरेको छ।
  • खड्कालाई अर्को साधारण सभासम्म वरिष्ठ उपाध्यक्षबाट निलम्बन गर्ने निर्णय कात्तिक १४ गतेको एन्फा कार्यसमितिको जुम मिटिङले गरेको थियो।
  • खड्काले निलम्बनको विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए र अदालतले बुधबार खड्का वरिष्ठ उपाध्यक्षमा कायम रहेको फैसला गरेको हो।

२५ चैत, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको पक्षमा फैसला गरेको छ ।

उच्च अदालतले बुधबार खड्का एन्फाको वरिष्ठ उपाध्यक्षमा कायम रहेको फैसला गरेको हो । खड्काको पक्षमा फैसला गरेपनि फैसलाको पूर्णपाठको लागि केही समय लाग्ने अदालतले जनाएको छ ।

कात्तिक १४ गते बसेको एन्फा कार्यसमितिको जुम मिटिङबाट खड्कालाई अर्को साधारण सभासम्मका लागि वरिष्ठ उपाध्यक्षबाट निलम्बन गर्ने निर्णय भएको थियो ।

त्यसपछि खड्काले त्यसको विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत पाटन वीरबहादुर खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय