+

कराते वान प्रिमियर लिगमा एरिकालाई फेरि रजत

२०८२ चैत  २९ गते १६:५९ २०८२ चैत २९ गते १६:५९
कराते वान प्रिमियर लिगमा एरिकालाई फेरि रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कराते वान प्रिमियर लिगको फाइनलमा एरिका गुरुङ कजाखस्तानकी सोफिया बेरत्सेभासँग २-१ ले पराजित भइन्।
  • एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेलाई ८-३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन्।
  • एरिकाले क्वाटरफाइनलमा स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले हराएकी थिइन्।

२९ चैत, काठमाडौं । कराते वान प्रिमियर लिगमा एरिका गुरुङले फेरि रजत पदक जितेकी छन् । आइतबार भएको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभािँग २-१ ले पराजित भइन् ।

एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी थिइन् ।

यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिका फाइनलमा सोफियासँगै पराजित भएकी थिइन् ।

क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन् । त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जितेकी थिइन् ।

मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २-० ले पराजित गर्दा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभालाई सेन्युको आधारमा पराजित गरिन् ।

मारियासँग १-१ को बराबरीपछि एरिका सेन्सुको आधारमा विजयी भएकी थिइन् । तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २-१ ले पराजित गरेकी थिइन् ।

एरिकाको प्रशिक्षक कुशल श्रेष्ठले यस पटक प्रिमियर लिग विशेष भएको तर सबै कुरा राम्रो हुँदा हुँदै पनि फाइनलमा पराजित भएको बताए । ‘हामीले इजिप्टमा वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण जितेकी जर्मनीकी खेलाडीलाई समूह चरणमा हराएको थियौँ । सेमिफाइनलमा पनि इटलीको राम्रो खेलाडीलाई हरायौँ । फाइनलमा यो पटक हाम्रो जित हुने सम्भावना धेरै लागेको थियो । तर यो पटक हरेक कुरामा ठिक हुँदा हुादै पनि हारियो । कहिलेकाँही केही कुराले साथ दिँदैन भन्ने फिल भयो ।’ श्रेष्ठले भने ।

फाइनल जित्नका लागि मानसिक शारीरिक भन्दा पनि तयारीमा ध्यान दिनुपर्ने उनले बताए ।

अब मोरोक्कोमा प्रिमियर लिग र एसियन च्याम्पियनसिप आउँदै गरेको र त्यसमा ध्यान दिने श्रेष्ठले जानकारी दिए ।

एरिका गुरुङ कराते वान प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय