+
+
Shares

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १३:०३

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

नेता खड्काले शनिबार दिउँसो साढे ३ बजे निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक गोल्फुटारस्थित खड्का निवासमा बस्ने छ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारितासम्बन्धी दायर रिट खारेज गरेपछि शनिबार बिहानैदेखि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका थिए । खड्कासँग छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका थिए ।

स्रोतका अनुसार नेता खड्कासँग केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरूले छलफल गरेका छन् ।

नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार आइतबारसम्म निवर्तमान कार्यवाहक सभापति खड्काको औपचारिक धारणा सार्वजनिक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?