+
+
Shares

टोरन्टो सिटी हलमा ‘नेपाली सम्पदा सप्ताह’ मनाइँदै

क्यानडाको टोरन्टोस्थित सिटी हलमा नेपाली झन्डा फहराउने विशेष कार्यक्रम तथा नेपाली हेरिटेज विकको औपचारिक घोषणा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाको टोरन्टोस्थित सिटी हलमा नेपाली झन्डा फहराउने कार्यक्रम गरी नेपाली सम्पदा सप्ताहको औपचारिक घोषणा गरिएको छ।
  • ओन्टारीयो साम्सद क्रिस्टिन वोंग–टामले नेपाली समुदायको बहुसांस्कृतिक समाजमा योगदान प्रशंसनीय रहेको बताउनुभयो।
  • टोरन्टो मेयर ओलिभिया चाउद्वारा जारी प्रोक्लामेसनमार्फत अप्रिललाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहल गरिएको छ।

१४ वैशाख, क्यानडा । क्यानडाको टोरन्टोस्थित सिटी हलमा नेपाली झन्डा फहराउने विशेष कार्यक्रम तथा नेपाली सम्पदा सप्ताह (नेपाली हेरिटेज विक) को औपचारिक घोषणा गरिएको छ ।

कार्यक्रममा ओन्टारीयो साम्सद क्रिस्टिन वोंग–टामले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदान प्रशंसनीय रहेको बताइन् । उनले यस्ता सांस्कृतिक पहलहरूले समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने उल्लेख गरिन् ।

त्यसैगरी प्रमुखसमेत रहेका काउन्सिलर नीथन शनले नेपाली समुदायको सक्रियता, एकता र सांस्कृतिक पहिचानप्रति उच्च सम्मान व्यक्त गर्दै टोरन्टोमा ‘नेपाली हेरिटेज विक’ को घोषणा गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले भविष्यमा पनि नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका क्रममा काउन्सिलर शनले टोरन्टो शहरकी मेयर ओलिभिया चाउद्वारा जारी गरिएको प्रोक्लामेसन हस्तान्तरण गर्दै ‘नेपाली हेरिटेज विक’ को औपचारिक घोषणा गरे । यस घोषणाले टोरन्टो शहरमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई संस्थागत मान्यता प्रदान गरेको छ ।

शनले सम्बोधनका क्रममा अप्रिल महिनालाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहल अघि बढाइएको जानकारी पनि दिए ।

कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीसीएस का अध्यक्ष सुदर्शन सापकोटा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखे । एनसीसीएस अध्यक्ष सापकोटाले ‘नेपाली हेरिटेज विक’ को अवधारणा एनसीसीएसबाट प्रारम्भ भए पनि यसको सफल कार्यान्वयन सम्पूर्ण समुदायको सामूहिक प्रयासबाट सम्भव भएको बताए ।

उनले यस पहललाई संघीय तहसम्म विस्तार गर्न सबै सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमका सभापति तथा एनसीसीएस सभापि विमल बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको एनसीसीएसका महासचिव टीकाराम पौड्यालले जानकारी दिए ।

टोरन्टोस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा समुदायबीचको एकता, सहकार्य र संस्थागत समन्वय देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?