+
+
Shares

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभएको छ।
  • प्रचण्डले संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको बताउनुभयो।
  • उहाँले सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम लोकतान्त्रिक पद्धतिका लागि स्वीकार्य नहुने स्पष्ट गर्नुभयो।

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे ।

‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ प्रचण्डले भने ।

साथै, उनले आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको उनले बताए ।

‘आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नैपर्छ,’ उनले भने ।

प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गरिएको भन्दै यो कुरा पद्धति र प्रणालीका लागि स्वीकार्य नहुने प्रचण्डको भनाइ छ ।

‘जसरी प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेलाई थुन्ने काम गर्नुभयो यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य हुन सक्दैन,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?