+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य बुधबार प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ।
  • पछिल्लो सातामा चाँदीको मूल्य १२.९६ प्रतिशतले वृद्धि भएको छ।

३० वैशाख, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख २ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय चाँदीको मूल्यवृद्धि उच्च देखिएको छ । एक सातामै चाँदी १२.९६ प्रतिशतले महँगिएको छ । गत बुधबार चाँदी ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?