+
+
Shares

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त भएका छन्।
  • स्वास्थ्य मन्त्री निशा मेहताले २९ वैशाखमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई जिम्मेवारी दिएकी हुन्।
  • डा. पाण्डे काउन्सिलको निर्वाचित सदस्य र सरकारी चिकित्सक संघको पूर्वअध्यक्ष हुन् र ट्रमा सेन्टरमा कार्यरत छन्।

३० वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले २९ वैशाखामा मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन् ।

सरकारले रजिष्ट्रार डा. सतिश देवलाई पदमुक्त गरेपछि रजिष्ट्रार पद खाली थियो ।

निमित्त रजिष्ट्रारमा नियुक्त डा. पाण्डे काउन्सिलको निर्वाचित सदस्य र सरकारी चिकित्सक संघ (गोदान)को पूर्वअध्यक्ष हुन् । उनी १० औं तहका अर्थोपेडिक्स सर्जन हुन् ।

ट्रमा सेन्टरमा कार्यरत डा. पाण्डेले अक्सफोर्ड युनिभर्सिटीबाट हिपकेयरमा पीएचडी समेत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?