+
+
Shares

विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको दोस्रो बैठकमा विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको छ।
  • सभामुखले विपक्षी अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरेको बताए ।
  • यसअघि पनि विपक्षीले सोही माग राखेर बैठक १५ मिनेटका लागि स्थगित गराएको थियो।

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो ।

अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए ।

यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छलफलअनुसार अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरे । तर प्रमुख प्रतिपक्षी दलले फेरि उठेर विरोध जारी राखे ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा आउन जवाफ दिनका लागि रुलिङको माग गरे । तर सभामुखले आफूले अहिले रुलिङ नगर्ने र आज प्रधानमन्त्रीसँग छलफल तय भएकोले संवादपछि मात्रै भोलिको कार्यसूचीअघि विपक्षी दलसँग छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?