+
+
Shares

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा गम्भीर घाइते

धनगढीमा उपचाररत रहेका दर्लामीको अवस्था गम्भीर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १८:३१

३० वैशाख, डोटी । डोटीमा आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–४ बगर बस्तीका २५ वर्षीय  करणबहादुर दर्लामी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घरबाट बन्दुक बोकेर घर नजिकैको पिनाकेश्वर सामुदायिक वनतर्फ जाने क्रममा उनी लडेका थिए । सोही क्रममा बोकेको बन्दुक पड्किन पुगेको र दाहिने छातीमा छर्रा लागेको थियो । छर्राले पिठ्यूँसम्म छेडेको प्रहरीले बतायो ।

धनगढीमा उपचाररत रहेका दर्लामीको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?