News Summary
Generated by OK AI. Editorially reviewed.- जापानले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
- विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ।
- जापान समूह एफमा नेदरल्यान्ड्स, स्वीडेन र ट्युनिसियासँग खेल्नेछ।
१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि जापानले अन्तिम टोली घोषणा गरेको छ । जापानले शुक्रबार विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा जापान समूह एफमा छ । समुह चरणमा जापानले नेदरल्यान्ड्स, स्वीडेन र ट्युनिसियासँग खेल्नेछ ।
जापानी टिममा अधिकांश खेलाडी युवापका विभिन्न देशका लिग खेल्ने खेलाडीहरु छन् । जसमा इंग्लिस क्लब लिभरपुलबाट खेल्ने वातारु एन्डोसहित क्रिस्टल प्यालेसमा दाइची कामाडा, बायर्न म्युनिखबाट खेल्ने हिरोकी इतो लगायत खेलाडी जापानी टोलीमा समावेश छन् ।
टिममा जापानकै जे लिग खेल्ने जम्मा तीन खेलाडी डिफेण्डर युतो नागातोमो तथा डिफेण्डरद्वय केइसुके ओसाका र तोमोकी हायाकावा मात्र छन् ।
जापानको अन्तिम टोली
गोलकिपर : जिओन सुजुकी, केइसुके ओसाका, तोमोकी हायाकावा
डिफेण्डर : युतो नागातोमो, ताकेहिरो तोमियासु, को इताकुरा, शोगो तानिगुची, हिरोकी इतो, युकिनारी सुगावारा, आयुमु सेको, तुयोशी वातानाबे, जुन्नोसुके सुजुकी
मिडफिल्डर : वातारु एन्डो, जुन्या इतो, रित्सु दोओन, दाइची कामाडा, ताकेफुसा कुबो, आयओ तानाका, केरेइतो नाकामुरा, काइशु सानो
फरवार्ड : आयसे उएदा, दाइजान माएदा, कोकी ओगावा, युइतो सुजुकी, केइसुके गोतो, केन्टो शिओगाई
प्रतिक्रिया 4