News Summary
Generated by OK AI. Editorially reviewed.- प्रवेश पौडेलले आगामी कथानक फिल्म 'मेरो प्रेम अधुरो' निर्देशन गर्ने भएका छन्।
- यो फिल्म साउनदेखि नेपाल, युरोप र अस्ट्रेलियामा छायांकन गरिने तयारी छ।
- कबिर खड्का शीर्ष भूमिकामा हुने र दुई अभिनेत्री अडिसनबाट छनोट गरिनेछन्।
काठमाडौं । प्रवेश पौडेलले आगामी कथानक फिल्म ‘मेरो प्रेम अधुरो’ निर्देशन गर्ने भएका छन् । उनले यसअघि दुई कथानक ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए ।
उनको यो तेस्रो निर्देशकीय कथानक हुनेछ । साउनदेखि यो फिल्मको छायांकन तयारी छ । यो फिल्मलाई नेपालसहित युरोप र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ ।
शीर्ष भूमिकामा कबिर खड्का हुनेछन् । उनको अपोजिटमा देखिने दुईजना अभिनेत्रीको खोजी भैरहेको जनाइएको छ । दुबैजना अभिनेत्री अडिसनबाट छनोट गर्ने तयारी छ ।
सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । कबिर पनि यो फिल्मका एक निर्माण साझेदार हुन् ।
सुन्दर प्रेमकथालाई दर्शकमाझ पस्किने उद्देश्यले यो फिल्म बनाउन लागेको उनले बताए । सहनिर्माता करण खड्का छन् । फिल्ममा शरद महतोको छायांकन, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बमबहादुर थापा छन् ।
प्रतिक्रिया 4