+

अहिलेसम्म ८० राष्ट्रले खेले फिफा विश्वकप, २०२६ मा चार नयाँ राष्ट्र डेब्यू गर्दै

२०८३ जेठ  १ गते १८:०५ २०८३ जेठ १ गते १८:०५

विश्वकपको छनोट प्रतियोगिताहरू नै कठिन हुन्छ भने विश्वकप नै खेल्ने पाए कति मज्जा हुन्छ होला ? त्यो विश्वकप खेल्ने टिमलाई मात्र थाहा हुन्छ ।

अहिलेसम्म ८० राष्ट्रले खेले फिफा विश्वकप, २०२६ मा चार नयाँ राष्ट्र डेब्यू गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को फिफा विश्वकपमा चार नयाँ राष्ट्र केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान पहिलोपटक सहभागी हुँदैछन्।
  • ब्राजिलले अहिलेसम्म सबै २२ संस्करणमा विश्वकप खेलेको छ र पाँच पटक उपाधि जितेको छ।
  • सन् २०२२ को विश्वकपमा सहभागी कतार दोस्रो पटक विश्वकप खेल्दैछ भने डीआर कंगो र हाइटी ५२ वर्षपछि फिफा विश्वकपमा फर्किएका छन्।

१ जेठ, काठमाडौं । फिफा विश्वकप विश्व खेलकुदकै सबैभन्दा चर्चित धेरै समय चल्ने र बढी फलो गरिने खेलकुद प्रतियोगिता हो ।

यसलाई फुटबलको कुम्भमेलादेखि फुटबल महाभिडन्तको रुपमा लिइन्छ । जसमा सहभागी हुनका लागि विश्वका उत्कृष्ट राष्ट्रदेखि साना राष्ट्रहरू समेत छनोट चरणमा सहभागी हुन्छन् ।

उत्कृष्ट टोलीहरुलाई समेत विश्वकपमा स्थान बनाउन कठिन हुन्छ । विश्वकपको छनोट प्रतियोगिताहरू नै कठिन हुन्छ भने विश्वकप नै खेल्ने पाए कति मज्जा हुन्छ होला ? त्यो विश्वकप खेल्ने टिमलाई मात्र थाहा हुन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा २११ सदस्य आबद्ध छन् । जसमा सबैको रहर कम्तीमा एकपटक फिफा विश्वकप फुटबल खेल्ने त हुन्छ नै तर सबैको रहर पूरा नहुन पनि सक्छ ।

सन् २०३० मा उरुग्वे बाट सुरु भएको फिफा विश्वकपको २२ संस्करण सम्पन्न भइसकेको छ भने आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा २३औं संस्करण सुरु हुँदैछ ।

अहिलेसम्म २२ संस्करण सम्पन्न हुँदा विश्वका ८० राष्ट्रले विश्वकप खेलिसकेका छन् । यस पटक त्यो सूचीमा चार नयाँ राष्ट्र थपिँदैछैन् । अर्थात एसियाबाट जोर्डन र उज्वेकिस्तान, अप्रिकाबाट केप भर्डे र क्यारेबियन क्षेत्रबाट कुराकाओले विश्वकप फुटबलमा पहिलोपटक आफ्नो उपस्थिति जनाउँदैछ ।

विश्वकपमा लगातार सहभागि जनाउनु अर्को चुनौती हुन्छ । त्यसमा पनि छनोट चरण पार गर्नुपर्ने हुन्छ ।

यस्तोमा ब्राजिल भने एउटा त्यस्तो राष्ट्र हो जसले अहिलेसम्म भएको सबै २२ संस्करण नै विश्वकप खेलेको छ र अब २३औं पटक विश्वकप खेल्ने तयारीमा छ । ब्राजिललाई विश्वकप फुटबलको पर्यायवाची नै मानिन्छ र त्यही देशका फुटबल स्टार पेलेलाई फुटबलका राजा भानिन्छ । अनि ब्राजिलले ने सर्वाधिक ५ पटक फिफा विश्वकप उपाधि समेत जितेको छ ।

९० राष्ट्रले विश्वकप खेलिसक्दा ब्राजिलसहित ८ राष्ट्रले मात्र उपाधि जित्न सफल भएका छन् ।

अहिले १९ राष्ट्रले जम्मा १ पटक मात्र विश्वकप खेलेका छन् । तीमध्ये डीआर कंगो, कतार, हाइटी, बोस्निया एण्ड अर्जगोभिना, पानामा, इराक दोस्रो पटक फिफा विश्वकप खेल्दैछन् ।

त्यसमा डीआर कंगो र हाइटी ५२ वर्षपछि तथा इराक ४० वर्षपछि विश्वकपमा छनोट भएको हो । यस्तै बोस्निया १२ वर्षपछि र पानामा ८ वर्षपछि विश्वकपमा फर्कँदा कतार भने लगातार दोस्रो पटक विश्वकप खेल्दैछ ।

सन् २०२२ मा कतार विश्वकप खेलेका सर्बिया, पोल्यान्ड, क्यामरुन, कोस्टारिका, डेनमार्क, वेल्स भने यस पटक छनोट हुन सकेनन् ।

यी हुन् अहिलेसम्म विश्वकप खेल्ने राष्ट्र र उनीहरुले खेलेको संस्करण

ब्राजिल : २२
जर्मनी : २०
अर्जेन्टिना, इटली : १८
मेक्सिको : १७
स्पेन, इंग्ल्यान्ड, फ्रान्स : १६
बेल्जियम, उरुग्वे : १४
सर्बिया : १३
स्वीट्जरल्यान्ड, स्वीडेन : १२
दक्षिण कोरिया, अमेरिका, नेदरल्यान्ड्स, रुस : ११
चेक रिपब्लिक, हंगेरी, पोल्यान्ड, स्लोभाकिया, चिली : ९
पोर्चुगल, स्कटल्यान्ड, पाराग्वे, क्यारुन : ८
जापान, अस्ट्रिया, बुल्गेरिया, रोमानिया : ७
अस्ट्रेलिया, क्रोएसिया, इरान, साउदी अरेबिया, मोरोक्को, ट्युनिसिया, कोलम्बिया, कोस्टारिका, नाइजेरिया, डेनमार्क : ६
पेरु : ५
घाना, इक्वेडर, अल्जेरिया : ४
सेनेगल, आइभरीकोस्ट, नर्वे, दक्षिण अफ्रिका, इजिप्ट, नर्दन आयरल्यान्ड, होन्डुरस, रिपब्लिक अफ आयरल्यान्ड, ग्रीस, बोलिभिया : ३
टर्कीए, क्यानडा, न्युजलियान्ड, वेल्स, उत्तर कोरिया, एल साल्भाडोर, स्लोभेनिया: २
डीआर कंगो, कतार, हाइटी, बोस्निया एण्ड हर्जगोभिना, पानामा, इराक, क्युबा, इन्डोनेसिया, इजरायल, पश्चिम जर्मनी, कुवेत, युएई, जमैका, चीन, एंगोला, टोगो, ट्रिनिडाड एण्ड टोबागो, युक्रेन, आइसल्यान्ड : १

२०२६ मा डेब्यु गर्ने चार राष्ट्र

केप भर्डे, कुराकाओ, जोर्डन, उज्वेकिस्तान

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय