+

एन्फामाथिको निलम्बन फुकुवा

२०८३ जेठ  १ गते १४:४८ २०८३ जेठ १ गते १४:४८
एन्फामाथिको निलम्बन फुकुवा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
  • एन्फा महासचिवसहित पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो।
  • राखेपले गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर निलम्बन निर्णय गरेको थियो।

१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे । ‘बिना शर्त निलम्बन फुकुवा भएको छ । फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा बताउनेछौं । निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ’ शाहले अनलाइनखबरसँग भने ।

यसअघि राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा निलम्बन राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय