+
+
Shares

प्युठान दुर्घटना : मृतक दुवैको पहिचान खुल्यो

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा प्युठान नगरपालिका–४ का २४ वर्षीय चालक दिलिप परियार र मल्लरानी–५ धुदीका २६ वर्षीय अभिषेक कुँवर रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानको माण्डवी–१ डाम्रीखोलास्थित देविस्थान–दाङ सडकखण्डमा जिप दुर्घटना हुँदा चालक दिलिप परियार र अभिषेक कुँवरको मृत्यु भएको छ।
  • प्युठान प्रहरी प्रमुख डीएसपी नरहरी अधिकारीले दुवै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
  • दुर्घटनामा लु.प्र.०२–००१ ज ०१०४ नम्बरको जिप करिब २ सय मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

१ जेठ, प्युठान । प्युठानको माण्डवी–१ डाम्रीखोलास्थित देविस्थान–दाङ सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा प्युठान नगरपालिका–४ का २४ वर्षीय चालक दिलिप परियार र मल्लरानी–५ धुदीका २६ वर्षीय अभिषेक कुँवर रहेका छन् ।

उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरी प्रमुख डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

सडकबाट करिब २ सय मिटर तल खसेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?