News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।
- उनले बाँझो जमिन उपयोगमा ल्याउन सुकुमवासी नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने नीति ल्याउन सुझाव दिएकी छन्।
- सांसद सेन्दाङले विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन्।
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेक िछिन् ।
कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।
‘अहिले तत्कालको लागि किसानलाई रासायनिक मलको आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा उनीहरूलाई आवश्यक पर्ने मल सरकारले उपलब्ध गराउनुपर्यो,’ उनले भनिन् ।
सांसद सेन्दाङले बाँझो जमिन उपयोगमा ल्याउन सुकुमवासी नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिइन् ।
विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले सुकुमवासीको कुरा आएको छ । सरकारले बाँझो जमिनमा सुकुमवासी नागरिकलाई लिजमा दिएर हुन्छ कि के गरेर हुन्छ बिना लगानी काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । विदेशमबाट युवाहरूलाई समेत बाँझो जमिनसँग जोड्नुपर्छ,’ उनले भनिन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुमवासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया 4