News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा रजत र कांस्य पदक जितेका निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले सम्मान गरेको छ।
- दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा प्राज्ना महर्जनसहित नेपालका ६ खेलाडी सहभागी हुनेछन्।
- आरम्भ संस्कार विद्यालयले निश्चल र प्राज्नालाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेल यात्रा अगाडि बढाउन सहयोग गरेको छ।
१ जेठ, काठमाडौं । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ ।
भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले समान १–१ रजत र कांस्य पदक जितका थिए । उनले यू–१५ ब्वाइज डबल्समा रजत र यू–१५ ब्वाइज टिम इभेन्टमा कांस्य जितेका थिए ।
आरम्भका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले निश्चललाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने प्राज्ना महर्जनलाई पनि बिदाइ गरिएको थियो । निश्चल कक्षा ९ र प्राज्ना कक्षा ७ मा आरम्भमै अध्ययनरत छन् । आरम्भले दुवैलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
मे २७ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालबाट प्राज्नासहित ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । अन्य खेलाडीमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य र रिभानमुनि वज्राचार्य रहेका छन् ।
प्रतियोगिताअघि खेलाडीले इन्चोनमै मे १६ देखि २६ तारिखसम्म याङ योङजा टेबलटेनिस मिसन इन्टरनेसनल क्याम्पमा सहभागी हुने छन् । टोली शनिबार प्रस्थान गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले निश्चलको सफलताले विद्यालयको मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको बताउदै आरम्भले प्रतिभावन खेलाडीलाई खेल यात्रा अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले प्राज्नालाई पनि सफलताका लागि शुभकामना दिए ।
भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले आरम्भले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षाका अलावा खेलकुदसंगै अन्य क्रियाकलाप पनि विशेष जोड दिइरहेको बताए ।
प्रतिक्रिया 4