News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका छन्।
- नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै १४ ओभरमा कुनै विकेट गुमाएन र ८५ रन बनाएको छ।
- कुशल भुर्तेलले ओडिआईमा आफ्नो १०औं अर्धशतक पूरा गरेका हुन् र शृङ्खलाको पहिलो खेलमा बेन्चमा थिए।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् ।
ओडिआईमा उनको यो १०औं अर्धशतक हो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल १४ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८५ रन बनाएर खेलिरहेको छ ।
भुर्तेल शृङ्खलाको पहिलो खेलमा बेन्चमा थिए । त्यसअघिको शृङ्खलामा पनि दुई खेलमा बाहिर राखिएका थिए ।
प्रतिक्रिया 4