+
+
Shares

अदालत संविधानको मर्म अनुसार चल्न नसक्ने भएको छ : वरिष्ठ अधिवक्ता भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभयो।
  • उहाँले प्रतिनिधि सभाको विघटनले संविधानलाई डिरेल गर्ने र चिरहरण गर्ने कार्य प्रारम्भ भएको बताउनुभयो।
  • भट्टराईले राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका र आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप लगाउनुभयो।

२ जेठ, काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् ।

संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई क्षतविक्षत पार्ने प्रयास गरेको उनको टिप्पणी छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चिरहरण’ गर्ने कार्य प्रारम्भ भएको बताए ।

विगतका विघटनका समयमा नागरिक र दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गर्दै उनले अहिलेको अवस्था भने फरक रहेको जिकिर गरे ।

दैनिक रूपमा बहसका लागि अदालत पुग्ने कानुन व्यवसायी भएर पनि यस्तो भन्नुपर्दा आफू दु:खी रहेको उनले बताए ।

‘विगतमा अदालतले दुवै पटक संविधानलाई र्ट्याकमा ल्याइदिएको थियो, तर अहिले हाम्रो अदालतमा त्यो हिम्मत छ भन्ने मलाई महशुस हुन छोडेको छ । अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासको भरमा टिकेको भान हुन्छ,’ उनले भने, ‘अहिलेका राजनीतिक दलहरू प्राइभेट लिमिटेड कम्पनी (प्रालि) जस्ता भएका छन् । तिनलाई प्रतिरोध गर्ने क्षमता कसैमा पनि देखिएको छैन ।’

भट्टराईले राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गरे ।

दलहरू विचार र सामूहिक निर्णयका आधारमा चल्न छोडेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?