+

काभा महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा, ६ नयाँ अनुहार

२०८३ जेठ  २ गते १७:३४ २०८३ जेठ २ गते १७:३४
काभा महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा, ६ नयाँ अनुहार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।
  • नेपाल भलिबल संघले १६ खेलाडीबाट अन्तिम टोली छनोट गर्दा आरती सुवेदी र लक्ष्मी चन्द टोलीमा स्थान बनाउन सकेनन् ।
  • टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन् ।

२ जेठ, काठमाडौं । जेठ ८ गतेदेखि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

नेपाल भलिबल संघले शनिबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

काभा महिला भलिबल च्याम्पियनसिप यही जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदैछ । जसमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल भलिबल संघले शुक्रबारै निरुता ठगुन्नालाई नयाँ कप्तान नियुक्त गरिसकेको थियो । निरुट्टासँगै उषा भण्डारी र सलिना श्रेष्ठ सबैभन्दा अनुभवी खेलाडीको रुपमा टिममा छन् । यस्तै सुमित्रा रेग्मी, प्रगती नाथ, कामना विष्ट, शान्तिकला तामाङ र रिमा कुँवरले पनि राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

घोषित नेपाली टोलीमा एकैपटक ६ नयाँ खेलाडीले राष्ट्रिय टिममा इन्ट्री गरेका छन् । नियमित कप्तान अरुणा शाही देखि केही सिनियर खेलाडी अष्ट्रेलिया लाग्दा नयाँ खेलाडीहरुले टिममा स्थान बनाएका हुन् ।

आउटसाइट हिटर सलिना बुढा मगर र मिना सुनार, सेटर जसना महतो तथा मिडर ब्लकरहरु बसन्ती साउद, एलिना मानन्धर र सुनिता खत्रीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

कप्तान तथा सेटर अरुणा नहुँदा सेटर जसले मौका पाएकी छिन् । यस्तै स्पाइकर पुनम चन्द पनि अष्ट्रेलिया लागेपछि यू२० राष्ट्रिय टिमबाट खेलिसकेका सलिना बुढा मगर र मिना सुनारले पनि राष्ट्रिय टिममा स्थान बनाए । सबैभन्दा धेरै ३ खेलाडी मिडल ब्लकर पोजिसनमा परिवर्तन भएको छ । साफिया पुन र कविता भट्ट अष्ट्रेलिया जाँदा संगम महतो चोटका कारण बाहिर छिन् । उनीहरुको स्थानमा बसन्ती साउद, एलिशा मानन्धर र सुनिता खत्रीले राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

बन्द प्रशिक्षणमा रहेका १६ खेलाडीबाट अन्तिम टोली छनोट गर्दा आरती सुवेदी र लक्ष्मी चन्दले भने टोलीमा स्थान बनाउन सकेनन् । त्यसअघि भलिबल संघले सुरुमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसबाट पुनम चन्द अस्ट्रेलिया लागि् भने आशिका क्षेत्री, स्नेहा ठगुन्ना र यमुना रसाइँली यसअघि नै प्रशिक्षणबाट बाहिरिसकेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतसँग जेठ ८ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले जेठ ९ गते कीर्गिस्तान र जेठ १० गते माल्दिभ्ससँग खेल्नेछ ।

इरान, कजाखस्थान, श्रीलंका र बंगलादेश समूह बी मा छन्  । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपाली टोली:

आउटसाइड हिटर : निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, सलिना बुढा मगर, मिना सुनार

अपोजिट :कामना विष्ट, रिमा कुँवर

मिडल ब्लकर : मित्रा रेग्मी, बसन्ती साउद, सुनिता खत्री, एलिशा मानन्धर

सेटर : प्रगती नाथ, जसना महतो

लिबेरो : सलिना श्रेष्ठ, शान्तिकला तामाङ

तस्बीर: नितेश जंग वली

महिला भलिबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय