३ जेठ, काठमाडौं । बोन म्यारो क्यान्सरसँग संघर्षरत मोरङको उर्लाबारी–३ निवासी २० वर्षीय सनम बिकको उपचारका लागि ‘सनम बिक बचाउ अभियान’ जारी छ । उनी उदयमान फुटबल खेलाडी रहेका छन् ।
अभियान अन्तर्गत हालसम्म २२ लाख ५३ हजार संकलन भएको अभियानका संयोजक सुसन लिम्बूले जानकारी दिए । काठमाडौंमा पत्रकार सम्मेलन गरी उनलाई थप सहयोग जुटाउन अपिल गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका सनम हाल काठमाडौंको सिभिल अस्पतालमा उपचाररत छन्।
अनामनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्वसेनानी माधव सुन्दर खड्काले एक लाख रुपैयाँ तथा सामाजिक अभियन्ता रमेश बुढाथोकीले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
एक समय फुटबल मैदानमा भविष्य खोजिरहेका सनम बिक अहिले बोन म्यारो क्यान्सरसँग लड्दै जीवन बचाउने संघर्षमा छन् । उपचार खर्च बढ्दै गएकाले थप आर्थिक सहयोग आवश्यक रहेको अभियान पक्षले जनाएको छ ।

प्रतिक्रिया 4