+

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

२०८३ जेठ  ३ गते १८:४३ २०८३ जेठ ३ गते १८:४३
Shares
नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मद्यपानले छिटो निदाउन मद्दत गर्छ तर निद्राको गुणस्तर बिगार्छ र बिहान छिटो ब्युझँने बनाउँछ।

मानिसको जीवनमा एउटा रोचक विरोधाभास छ । घरबाट केही दिन बाहिरका पेसागत, अफिसियल कार्यक्रम, भोजभतेर वा उत्सवहरूमा जाँदा पनि घरको जस्तो मस्त निन्द्रा लाग्दैन ।

बाहिर कामको चटारो कहिले कम त कहिले बढि होला । तर खानपिनमा स्वतन्त्रता हुन्छ र मनग्गे रमाइलो पनि हुन्छ । तर अचम्मको कुरा, ती ४–५ दिनको बसाइमा न त घरमा जस्तो गहिरो निद्रा लाग्छ, न बिहान अबेरसम्म सुत्न नै सकिन्छ । जब हामी घर फर्किन्छौँ, कामको बोझ उस्तै हुन्छ, तर आफ्नो ओछ्यानमा पुग्नेबित्तिकै हामी यसरी निदाउँछौँ कि बिहान अबेरसम्म पनि आँखा खुल्दैनन् ।

आखिर किन हुन्छ त यस्तो ? विज्ञान र मनोविज्ञानले यसका केही रोचक कारणहरू देखाएका छन् ।

१. ‘फर्स्ट नाइट इफेक्ट’ र मस्तिष्कको सर्तकता

मनोविज्ञानका अनुसार हाम्रो मस्तिष्कले नयाँ वातावरणलाई पूर्णरूपमा विश्वास गर्न समय लगाउँछ । घर बाहिर सुत्दा मस्तिष्कको एउटा हिस्सा (विशेष गरी दायाँ भाग सक्रिय हुनेहरूका लागि बायाँ मष्तिस्क) ‘नाइट वाचम्यान’ जस्तै सतर्क रहन्छ । यो हाम्रो सुरक्षा संयन्त्र हो । ४–५ दिनसम्म बस्दा पनि दिमागले त्यो ठाउँलाई आफ्नो ‘स्थायी सुरक्षित थलो’ मानिसकेको हुँदैन । त्यसैले गर्दा नयाँ ठाँउमा हाम्रो निद्रा पातलो हुन्छ ।

२. मद्यपान र निद्राको संरचना

रात्रीभोज र पार्टीहरूमा हुने मद्यपानले मस्त भएर सुतिने भान धेरैलाई हुन सक्छ । यर्थातमा मद्यपानले मानिसलाई छिटो निदाउन त मद्दत गर्ला, तर यसले निद्राको गुणस्तरलाई बिगार्छ । रक्सीले निद्राको सबैभन्दा महत्त्वपूर्ण चरण ‘र्‍यापिड आई मुभमेन्ट (आरईएम) स्लिप’ (जुन महत्वपूर्ण मानिन्छ र यसमा मस्तिष्क रिचार्ज हुन्छ) लाई खलबल्याउँछ । रक्सीको प्रभाव कम हुँदै गएपछि शरीरमा ‘रिबाउण्ड इफेक्ट’ हुन्छ । त्यसैले बिहान सबेरै ब्युझँने हुन्छ ।

३. ‘कर्टिसोल’ विरुद्ध ‘मेलाटोनिन’

कर्टिसोल र मेलाटोनिन दुवै हर्मोनहरू हुन । यी दुवैले निन्द्रालाई नियन्त्रण गर्न मद्दत गरिरहेको हुन्छ । घर बाहिर हुँदा हामी ‘सोसल मोड’ मा हुन्छौँ । नयाँ मान्छे, नयाँ कुराकानी र कार्यक्रमको उत्साहले शरीरमा ‘कर्टिसोल’ र ’एड्रिनालिन’ जस्ता हर्मोनहरू सक्रिय रहन्छन् । यसले शरीर थाकेको भए पनि दिमागलाई हाइपर–अलर्ट राखिदिन्छ । तर घर पुग्नेबित्तिकै दिमागले “अब म सुरक्षित छु“ भन्ने संकेत पाउँछ र ‘मेलाटोनिन’ हर्मोनले काम गर्न थाल्छ । त्यसैले घरमा गहिरो निद्रा लाग्छ ।

४. घर : जहाँ मस्तिष्कको ‘स्वीच अफ’ हुन्छ

हाम्रो आफ्नै ओछ्यान, सिरानी र कोठाको तापक्रमसँग हाम्रो जैविक घडी अभ्यस्त हुन्छ । घरमा हामी पूर्णरूपमा ‘स्वतन्त्र’ हुन्छौं । यहाँ कसैलाई प्रभाव पार्नु पर्ने वा समयमा तयार हुनुपर्ने सुक्ष्म सामाजिक दबाब हुँदैन । यो मानसिक ढुक्कपनाले नै बिहान अबेरसम्म सुत्ने अनुमति दिन्छ ।

५. रिकभरी जोन र पर्फर्मेन्स जोन

वास्तवमा हाम्रो शरीरले घरलाई ‘रिकभरी जोन’ (निको हुने ठाउँ) र बाहिरलाई ‘पर्फर्मेन्स जोन’ (प्रस्तुत हुने ठाउँ) को रूपमा वर्गीकरण गरेको हुन्छ । घर बाहिर हुँदा भएको शारीरिक थकान र ‘निद्राको ऋण’ घर फर्केपछि शरीरले एकैपटक तिर्न खोज्छ । त्यसैले घरमा बिहान अबेरसम्म निद्रा लाग्नु शरीरले आफूलाई रिचार्ज गर्ने एउटा प्राकृतिक उपचार प्रक्रिया हो ।

यदि तपाईंलाई पनि बाहिर निद्रा लाग्दैन र घरमा मस्त निद्रा लाग्छ भने, तपाईंको घर तपाईंको लागि संसारकै सबैभन्दा शान्त र सुरक्षित ’हिलिङ सेन्टर’ हो भनेर बुझ्नुपर्छ । घर बाहिरको रमाइलो शरीरका लागि एउटा अनुभव हो भने घरको निद्रा जीवनका लागि अनिवार्य ऊर्जा दिने रिचार्ज सेन्टर हो ।

घर निद्रा
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली