+
+
Shares

एकसाथ २४ सवारी साधन लिलाम बिक्री गर्दै महालेखा नियन्त्रक कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा नियन्त्रक कार्यालयले १५ दिने बोलपत्र आह्वान गर्दै ५ वटा चार पाङ्ग्रे र २० वटा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ।
  • लिलाम बिक्रीमा राखिएका सवारी साधनको न्यूनतम मूल्य करबाहेक ६ लाख ६३ हजार रुपैयाँ तोकिएको छ।
  • सरकारी निकायहरूले पुराना सवारी साधनको लिलाम बिक्रीलाई तीव्रता दिएका छन्।

३ जेठ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले एकसाथ दुई दर्जन सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै १५ दिने बोलपत्र आह्वान गरेको छ ।

कार्यालयका अनुसार सो कार्यालयको परिसरमा रहेका पुराना ५ वटा चार पाङ्ग्रे र २० वटा मोटरसाइकलको लिलाम बिक्री गर्न लागिएको हो । लिलाम गर्ने सम्पूर्ण सामानको न्यूनतम मूल्य करबाहेक ६ लाख ६३ हजार राखिएको सूचनामा उल्लेख छ ।

अहिले सरकारी निकायहरूले पुराना सवारी साधनको लिलाम बिक्रीलाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?