News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले राफिन्हाका दुई गोलको मद्दतमा रियल बेटिसलाई ३–१ ले पराजित गरी ला लिगामा घरेलु मैदानमा सबै १९ खेल जित्ने पहिलो टिम बनेको छ।
- बार्सिलोनाले गत आइतबार एल क्लासिकोमा रियल मड्रिडलाई हराएर ला लिगाको ३८ खेलको सिजनमा च्याम्पियन बनिसकेको छ।
- पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले घरेलु मैदानमा अन्तिम खेलमा जितसहित विदाइ पाए, उनले बार्सिलोनाका लागि १९१ खेलमा ११९ गोल गरेका छन्।
४ जेठ, काठमाडौं । राफिन्हाको दुई गोल मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाको लागि विशेष रह्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम समेत बनेको छ ।
क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड राफिन्हाले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले ६२औं मिनेटमा अग्रता दोब्बर पारे । जाआओ कान्सेलोले ७४औं मिनेटमा गोल थपे । बेटिसका लागि इस्कोले ६९औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।
बार्सिलोनाले गत आइतबार नै एल क्लासिकोमा रियल मड्रिडलाई हराएर उपाधि जितिसकेको छ ।
यस नतिजापछि बार्सिलोना एकै सिजन घरेलु मैदानमा सबै खेल जित्ने ११औं क्लब बनेको छ । यस्तै सन् १९८५–८६ को सिजनपछि यो उपलब्धि हासिल गर्ने बार्सिलोना पहिलो टिम पनि बनेको छ ।
१९८५–८६ को सिजन ला लिगामा ३४ खेल हुँदा रियल मड्रिडले घरेलु मैदानमा सबै १७ खेल जितेको थियो । यस्तै बार्सिलोनाले सन् १९५९–६० मा ला लिगामा ३० खेल हुँदा बार्सिलोनाले घरेलु मैदानमा सबै १५ खेल जितेको थियो ।
यस सिजन बार्सिलोना च्याम्पियन्स लिगमा मात्र घरेलु मैदानमा दुई पटक पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनसँग लिग चरणमा र क्वाटरफाइनलमा एट्लेटिको मड्रिडसँग बार्सिलोना घरेलु मैदानमा पराजित भएको थियो।
बार्सिलोनाले यस सिजनको अन्तिम लिग खेल आउने शनिबार भ्यालेन्सियाको मैदानमा खेल्नेछ ।
यस्तै यस सिजन अन्त्यपछि क्लब छाड्न लागेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको लागि घरेलु मैदानमा अन्तिम खेल सुखद रह्यो । उनले घरेलु मैदानमा भएको अन्तिम खेलमा जितसहित शानदार विदाइ पाए । ३७ वर्षीय लेवान्डवस्कीले सन् २०२२ मा बार्सिलोना गएयता १९१ खेलमा ११९ गोल गरेका छन् ।
प्रतिक्रिया 4