+
+
Shares

एमालेको चुनावी समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव

गुन्डुमा आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले चुनावी नतिजाको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश गरेको छ।
  • ४ जेठमा बसेको सचिवालय बैठकले आगामी ८ गते निर्णय गर्ने तयारी गरेको छ।
  • कार्यदल गठनपछि मात्रै निर्वाचन नतिजाबारे विस्तृत छलफल हुने स्रोतले जनाएको छ।

४ जेठ, काठमाडौ । नेकपा एमालेले चुनावी नतिजाको समीक्षा गर्ने कार्यदल गठन गर्ने भएको छ ।

गुन्डुमा आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश भएको छ । ‘बादलको नेतृत्वमा पदाधिकारी र प्रदेश नेतृत्व रहनेगरी कार्यदल गठन गर्ने प्रस्ताव भएको छ,’ बैठक स्रोतले भन्यो, ‘आउने ८ गते बस्ने सचिवालय बैठकले निर्णय गर्छ ।’

कार्यदल गठन गरेर समीक्षा गर्ने प्रस्ताव भएकाले निर्वाचनको नतिजाबारे धेरै कुरा नभएको स्रोत बताउछ । ‘राजनीतिक परिस्थितिबारे नेताहरुले आफ्ना कुरा राख्नुभयो । तर कार्यदल बन्ने प्रस्ताव राखिएकाले धेरै कुरा भएन,’ स्रोत भन्छ ।

एमालेमा निर्वाचनको समीक्षा गर्दै पार्टी पुनर्गठनको चर्को दबाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?