+

२७औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८३ जेठ  ४ गते २१:०९ २०८३ जेठ ४ गते २१:०९
२७औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २७औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगोलियाको उलानबटार जाने भएको छ।
  • प्रतियोगितामा पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन्।
  • नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्नेछन्।

४ जेठ, काठमाडौं । २७औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।

जापानको आइची-नागोयामा हुने २०औं एसियाली खेलकुदको छनोट समेत रहेको उक्त प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

जेठ ५ देखि ११ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले खेल्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडी एसियाली खेलकुदलाई छनोट हुने प्रावधान छ । नेपालको खेल भने जेठ ७ गतेदेखि सुरु हुनेछ ।

प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानुबहादुर चन्दले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

उलानबटारमै हुने नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितमा सहभागी हुन नेपाली टोली भने मंगोलिया पुगिसेको छ । एसियाली खेलकुदकै लागि खेलाडी छनोटका रुपमा रहेको प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

२७औं एसियाली तेक्वान्दो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय