+
+
Shares

एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ का लागि छात्रवृत्ति दिने घोषणा गरेको छ।
  • छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई सातै प्रदेशमा लिखित परीक्षा र अन्तरवार्ताको आधारमा छनोट गरिने कम्पनीले जनाएको छ।
  • छात्रवृत्तिसँगै विद्यार्थीहरूले १२ महिनासम्म निःशुल्क लिमिटेड डेटा र भ्वाइस सेवा पनि पाउनेछन्, जसले अध्ययनमा सहयोग गर्नेछ।

५ जेठ, काठमाडौं । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीका लागि देशव्यापी छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

युवा सशक्तिकरण र शिक्षाप्रतिको आफ्नो प्रतिवद्धता अनुसार एनसेलद्वारा घोषित यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरका नयाँ ढोकाहरू खुला गर्नेछ।

यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने कम्पनीले जनाएको छ ।

‘यस पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीलाई विशेष प्राथमिकता दिनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ ।’

प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत एसईई उत्तीर्ण युवा विद्यार्थीलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न खोजिएको एनसेलले जनाएको छ ।

‘भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ ।’

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काका अनुसार हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रममा प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ । गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू अहिले विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?