News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १ जेठमा ९५ शैक्षिक परामर्श केन्द्रमा छापा हानेर ६९ जना नियन्त्रणमा लिएको छ।
- प्रहरीले ५९ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको र २५ जनाविरुद्ध म्याद थप भएको एसपी पवनकुमार भट्टराईले बताए।
- २३ जनाविरुद्ध शिक्षा ऐन अन्तर्गत र दुई जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद थप भएको छ भने ३४ जना छुटेका छन्।
५ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १ जेठमा उपत्यकाका विभिन्न ठाउँहरूमा सञ्चालनमा रहेका ९५ कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र)हरूमा छापा हान्यो ।
अवैध तरिकाले चलाएका तथा विभिन्न बहाना बनाएर ठगी गरेको भन्ने गुनासो आएपछि प्रहरीले छापा हानेको थियो ।
उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा हानेर प्रहरीले ६९ जना सञ्चालन नियन्त्रणमा लिएको थियो ।
ती मध्ये ५९ जनालाई थप अनुसन्धान गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो । तर काठमाडौं आएका ५९ जना मध्ये २५ जनाविरुद्ध मात्रै म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार २३ जनाविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा म्याद थप भएको छ । दुई जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद थप भएको छ । ३४ जना भने छुटेका छन् । उनीहरू भने दर्ताको प्रक्रियामा रहेको तर दर्ता पूरा नभएको भन्दै पक्राउ परेका थिए ।
अहिले उनीहरूलाई दर्ता प्रक्रिया पूरा गरेर चलान भन्दै दर्ताका लागि छाडिएको प्रहरीले बताएको छ ।
मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैशिक्षक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गर्ने गरेको गुनासो आएपछि कारबाही अघि बढाइएको प्रहरीको दाबी थियो ।
प्रतिक्रिया 4