+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमान पुनका ५ प्रश्न

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई संसदीय सुनुवाइमा नेपोबेबी र पारिवारिक फेबरबारे प्रश्न गरेका छन्।
  • पुनले न्यायपालिकामा भ्रष्टाचारको हरिकृष्ण कार्कीको रिपोर्ट उल्लेख गर्दै सुधार कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाएका छन्।
  • उनले संक्रमणकालीन न्याय र स्टे अर्डरले विकासमा पारेको प्रभावबारे पनि प्रस्तावित प्रधानन्यायाधीशलाई सोधेका छन्।

५ जेठ, काठमाडौं । नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश वर्षमान पुनलाई विभिन्न प्रश्न गरेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ । यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।

सो क्रममा पुनले केही प्रश्न राखेका छन् ।

यस्ता छन् पुनका प्रश्नहरू :

–नेपोबेबी भन्ने आएको छ । पारिवारिक फेबर छ भन्ने छ । अदालतम ग्रुपिजम र फेबरको कुरा छ । यसमा आगमी दिनम कसरी काम गर्नुहुन्छ ?

–कार्यसम्पादनमा पनि प्रश्न छ । न्यायीक निरुपणमा न्यायिक मनको कुरा भएन भन्ने आएको छ न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिकाप्रति किन नागरिक प्रश्न छ ?

–न्यायालयमा भ्रष्टाचार छ भन्ने हरिकृष्ण कार्कीको रिपोर्टमा छ । यसबारे सुधार कसरी काम गर्नुहुन्छ ?

–संक्रमणकालीन न्यायप्रति यहाँको धारणा के छ ?

–स्टे अर्डरले काम रोकिराखेको हुन्छ । विकास फ्रेन्डली न्यायालय कसरी बनाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?