+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशलाई एमालेको प्रश्न– निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन सक्नुहुन्छ ?

सांसद अर्यालले अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा चौथो वरीयतामा रहेर पनि उत्कृष्ट हुनुको कारण पुष्टि गर्नका लागि आग्रह पनि गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा उत्कृष्ट हुन प्रमाणित गर्न आग्रह गरिन्।
  • संसदीय सुनुवाइमा सांसदहरूले डा. मनोज शर्मालाई विभिन्न प्रश्न राख्दै चौथो वरीयतामा रहेर प्रधानन्यायाधीश बन्ने विषयमा प्रश्न गरिरहेका छन्।
  • अर्यालले डा. शर्मालाई न्याय महँगो हुने विषय र ६ वर्षको कार्यकालमा कसरी काम गर्ने भन्ने विषयमा स्पष्ट जवाफ दिन आग्रह गरिन्।

५ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा आफू कसरी उत्कृष्ट हो भन्ने कुरालाई पुष्टि गर्नका लागि आग्रह गरेकी छिन् ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।

यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।

सो क्रममा सांसद अर्यालले अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा चौथो वरीयतामा रहेर पनि उत्कृष्ट हुनुको कारण पुष्टि गर्नका लागि आग्रह गरेकी हुन् ।

‘चौथो नम्बरको न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस हुने कुराले भविष्यमा स्थापित विधि र परम्परालाई उल्लंघन गर्दै गलत उदाहरण प्रस्तुत गर्दैन ?,’ अर्यालको प्रश्न छ ।

साथै, उनले थप प्रश्न गरिन्, ‘निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन सक्नुहुन्छ ?’

उनले न्याय महँगो हुने विषय उजागर गर्दै ६ वर्ष लामो कार्यकालमा कसरी काम गर्छु भन्ने छ ? भन्दै प्रश्न गरिन् ।

‘न्याय महँगो छ भन्ने छ । ३ वर्ष काम गर्नुभो । ६ वर्षको लामो कार्यकाल पाएपछि यसरी काम गर्छु भन्ने के छ ?,’ उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?