News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई न्याय सम्पादनमा शुभकामना दिएका छन्।
- श्रेष्ठले भने, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस्।’
- सुनुवाइ क्रममा डा. शर्माले प्रश्नहरूको जवाफ दिइरहेका छन्।
५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अहिले आएका प्रश्न आफैं खारेज हुनेगरी न्याय सम्पादन होस् भन्ने शुभकामना दिएका छन् ।
सुनुवाइका क्रममा उनले भनेका छन्, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस् ।’
त्यसबेला औपचारिक बिदाइ नभए पनि अनौपचारिक बिदाइ होस् र त्यसमा सहभागी हुन पाइयोस् भन्दै समिति सभापति श्रेष्ठले शुभकामना दिएका हुन् ।
अहिले आएका प्रश्न आफैं खारेज हुनेगरी न्याय सम्पादन होस् भन्ने शुभकामना पनि आफ्नो रहेको सभापति श्रेष्ठको भनाइ छ ।
अहिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले जवाफ दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4