News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा क्रिकेट नेट अभ्यास मैदान अन्तर्राष्ट्रिय खेलाडी हरमित सिंहले उद्घाटन गरेका छन्।
- हरमित सिंह अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन् र उनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए।
- युनिग्लोब कलेजले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि प्राथमिकता दिँदै फुटसल, बास्केटबल र क्रिकेट अभ्यासका लागि नयाँ मैदान उद्घाटन गरेको छ।
५ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेट नेट अभ्यास मैदानको अन्तर्राष्ट्रिय खेलाडी हर्मीत सिंहले उद्घाटन गरेका छन् ।
हर्मीत अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन् । उनले एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट उत्कृष्ट प्रदर्शन पनि गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको पनि उपस्थिति रहेको थियो ।
युनिग्लोब कलेजले विद्यार्थीको अध्ययनमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त क्रियाकलापको रुपमा खेलकुदलाई पनि प्राथमिकता दिएको छ । फुटसल, बास्केटबल खेल्ने मैदानसहित क्रिकेटलाई पनि प्रबर्द्धन गर्ने उद्देश्यले विद्यार्थीलाई अभ्यास खेलको लागि यो मैदान उद्घाटन गरिएको कलेजले जनाएको छ । ‘नेपालमा दिन प्रतिदिन बढ्दो क्रिकेट क्रेज तथा विद्यार्थीमा खेलप्रतिको आकर्षणलाई यो सुविधाले थप प्रोत्साहन मिल्नेछ’ कलेजले विज्ञप्तिमा भनेको छ ।
सन् २००९ मा स्थापना भएको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रतिष्ठित शिक्षण संस्थामध्ये एक हो । यस कलेजमा आईटी, बीबीए तथा एमबीए लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।
आधुनिक शिक्षण पद्धति, अनुभवी प्राध्यापक तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीका कारण युनिग्लोब कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । यसै शैक्षिक सत्र २०८३ देखि युनिग्लोब कलेजको स्वामित्वमा रहेको युनिग्लोब प्रिमियर स्कुल/कलेजमा प्लस टु (विज्ञान तथा व्यवस्थापन संकाय) मा नयाँ भर्ना पनि भइरहेको छ । कलेजका अध्यक्ष डा. नरबहादुर बिष्टले विद्यार्थीलाई पढाईमा अब्बल बनाउनुको साथसाथै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको समेत सुविधा दिने उद्देश्य रहेको बताए ।
प्रतिक्रिया 4