News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले २०८३–२०८५ सम्मको त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ।
- रणनीतिक योजनामा नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रुपान्तरणलाई मुख्य प्राथमिकता राखिएको छ।
- यसअघि २०८०–२०८२ को कार्ययोजनामा ९४.७२ प्रतिशत उपलब्धि हासिल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
५ जेठ, काठमाडौं । नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवामा रुपान्तरण गरिने भन्दै २०८३–२०८५ सम्मको त्रिवर्षीय योजना सार्वजनिक गरिएको छ ।
यो त्रिवर्षीय योजना नयाँ आर्थिक वर्ष अर्थात् १ साउनदेखि लागू हुने बताइएको छ । रणनीतिक योजनामा नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रुपान्तरणलाई मुख्य प्राथमिकतामा राखिएको आईजीपी कार्कीले बताए ।
रणनीतिक विषय ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ तय गरिएको यस रणनीतिक योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
प्रहरीसँग सम्बन्धीत ऐन, कानुनलगायत विभिन्न दस्तावेजहरुको अध्ययन तथा नेपाल प्रहरीको बलियो पक्ष, कमजोरी, अवसर र चुनौतीको समेत विश्लेषण गरिएको बताइएको छ ।
यसअधिको नेपाल प्रहरीको कार्ययोजना २०८०–२०८२ मा १३ वटा मुख्य लक्ष्यहरु, ४० वटा कार्यगत उदेश्यहरु र २०७ वटा क्रियाकलपाहरु रहेका थिए । जसको समग्र उपलब्धी ९४.७२ प्रतिशत रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यसका प्रमुख उपलब्धीहरुमा ६४ वटा नीति, निर्देशिका, मापदण्ड, कार्यादेश, कार्ययोजना लगायत प्रतिवेदनहरु भएको, चौकीस्तरसम्म ४०८ सहायता कक्ष निर्माण गरिएको, २ हजार ४९९ वटा वीपन क्लीयरिङ पिट निर्माण गरिएको, २२१ प्रहरी इकाईमा इन्ट्रानेट बिस्तार गरिएको, २१४ प्रहरी इकाईमा ९० दिनसम्म स्टोरेजन हुने खालको सीसीक्यामेरा जडान गरिएको, ४०८ वटा हिरातस कक्षमा पुस्तकालय निर्माण गरिएको र ३५ वटा भवन निर्माण सम्पन्न भएको बताइएको छ ।
प्रतिक्रिया 4