News Summary
Generated by OK AI. Editorially reviewed.- टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
- वैशाख २३ देखि २८ गतेसम्म खुलाइएको आईपीओमा २९ लाख ४८ हजार ९ सय ६६ जनाले आवेदन दिएका थिए।
- गोलाप्रथाबाट २ लाख ५१ हजार ५४५ जनाले सेयर पाएका छन् र नतिजा सीडीएससीको वेबसाइटमा हेर्न सकिनेछ।
६ जेठ, काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
वैशाख २३ देखि २८ गतेसम्म आम सर्वसाधारणका लागि खुलाइएको आईपीओमा २९ लाख ४८ हजार ९ सय ६६ जनाले आवेदन दिएका थिए । तीमध्ये १ लाख ७७ हजार ७१४ आवेदन विविध कारणले बदर भएको थियो । २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको थियो ।
सदर भएका आवेदनमध्ये गोलाप्रथाबाट २ लाख ५१ हजार ५४५ जनाले सेयर पाएका छन् । सेयर पाएका मध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटबाट हेर्न सकिनेछ ।
कम्पनीले ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।
प्रतिक्रिया 4