+
+
Shares

संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदको सालिक निर्माण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:४२

६ जेठ, काठमाडौं । सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि यथाशीघ्र जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् ।

रास्वपाकी सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन् ।

सम्मान मात्रै गरेर नहुने भन्दै उनले व्यवहारिक रुपमा पनि न्याय दिलाउन माग गरिन् । ‘संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस’, उनले भनिन्, ‘सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याया दिइयोस ।’

यस्तै, उनले आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्दै प्रश्न गरिन् । ‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो ? डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको ? कसलाई सुनाएको हो भनिन्छ’, उनले प्रश्न गरिन्, ‘यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?

सांसद खतिवडा जेनजी शहीद रसिककी आमा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?