News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले अमेरिकी विमान कम्पनी बोइङबाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ।
- चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट विमानका इन्जिन पार्टपुर्जा र अन्य कम्पोनेन्टहरू आपूर्ति गरिने जनाएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच ७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता गरिएको बताएका छन्।
६ जेठ, काठमाडौं । चीनले अमेरिकी विमान कम्पनी ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । चीनको वाणिज्य मन्त्रालयले बुधबार ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जिनपिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान किन्ने बताइएको थियो ।
मन्त्रालयले सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पार्टपुर्जा र अन्य आवश्यक ‘कम्पोनेन्ट’हरूको आपूर्ति गर्नेछ ।
दुवै देशले गत वर्षको अक्टोबरमा ‘ट्यारिफ’ युद्ध रोक्ने सहमतिलाई अगाडि बढाउने दिशामा पनि काम गर्ने सहमति गरेका बीबीसीले जनाएको छ ।
ट्रम्पले गत शुक्रबार चीनबाट फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै दुई देशबीच धेरै उत्कृष्ट व्यापारिक सम्झौताहरू भएको बताएका थिए ।
जसमा बोइङका दुई सयभन्दा बढी विमान खरिद गर्ने सम्झौता पनि समावेश रहेको उनको भनाइ थियो ।
‘७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता गरिएको छ,’ ट्रम्पले भनेका थिए, ‘जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ ।’
प्रतिक्रिया 4