+
+
Shares

दैलेखको पेट्रोलियम परियोजना सफल बनाउन सडक फराकिलो बनाइयोस् : सांसद थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी बनाउन सुर्खेत–दैलेख सडक फराकिलो बनाउन सरकारसँग माग गरेकी छिन्।
  • उनले दैलेख जिल्ला अस्पतालको व्यवस्थापन सुधार गर्न र प्रभावकारी सञ्चालनका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताइन्।
  • थापाले प्रतिनिधि सभा बैठकमा कर्णाली प्रदेशको जीवन रेखा मानिने सडक खण्ड साँघुरो र जोखिमपूर्ण अवस्थामा रहेको स्पष्ट पारिन्।

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन् ।

‘कर्णाली प्रदेशको जीवन रेखाको रुपमा रहेको सुर्खेत–दैलेख सडक खण्ड आज पनि साँघुरो र जोखिमपूर्ण अवस्थामा छ । दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन सडक फराकिलो बनाउन तत्काल आवश्यक देखिन्छ,’ उनले भनिन् ।

सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराइन् ।

उक्त अस्पतालको प्रभावकारी सञ्चालन गर्ने काममा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

‘त्यसैगरी दैलेख जिल्ला अस्पताल अस्तव्यस्त अवस्थामा छ । त्यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक काम गरियोस्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?