News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।
- उनले क्याम्पसको विधान संशोधनपछि निजीकरणतर्फ उन्मुख हुँदै दैनिक झडप र जुलुस हुने गरेको बताए।
- क्याम्पसका प्रमुख दुर्व्यवहारको आरोपमा परेका कारण केही कर्मचारीहरू प्रहरी हिरासतमा रहेको उनले जानकारी गराए।
६ जेठ, काठमाडौं । रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामुदायिक क्याम्पसको मर्म अनुसार विधान लागू गरी पठनपाठन अघि बढाउन आग्रह पनि गरे ।
उनका अनुसार, ०३८ सालमा स्थापना भएको उक्त क्याम्पसमा करिब ४ हजार विद्यार्थी एवं डेढ सय प्राध्यापक कर्मचारी कार्यरत छन् ।
क्याम्पसमा भएको झडपका कारण अध्ययनरत हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले क्याम्पसको विधान संशोधन भएपछि निजीकरणतर्फ उन्मुख हुँदै गरेको बताउँदै दैनिकजसो झडप र जुलुस हुने गरेको उनले बताए ।
सोही क्याम्पसका प्रमुख नै दुर्व्यवहारको आरोपमा परेका कारण केही कर्मचारीहरू आजको दिनसम्म पनि प्रहरी हिरासतमा रहेको पनि उनले जानकारी गराए ।
प्रतिक्रिया 4