News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता दुवैले नखोजेको बताउनुभयो।
- उपनेता पराजुलीले पार्टीभित्र गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो।
- पराजुलीले बजेट छलफल द्रुत गतिमा भए पनि अर्थपूर्ण रहेको र प्रधानमन्त्री संसदमा अनुपस्थित नभएको खुलाउनुभयो।
६ जेठ, काठमाडौं । रास्वपा ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् ।
संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन् । असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ,’ उनले भने ।
संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको उल्लेख गरे ।
‘विगतमा हप्तादिन चल्ने छलफल यस पटक दुई दिनमै टुङ्ग्याइएको सत्य हो, तर यसलाई सरकारले पेल्न खोजेको रूपमा बुझ्नु हुँदैन । बरु कार्यपालिका र व्यवस्थापिका दुवैले ‘फास्ट ट्रयाक’ मा काम गर्न खोजेको रूपमा बुझ्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहेको जिकिर गरे ।
प्रतिक्रिया 4