उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव मार्क रुटेले नेटोले रुसको आणविक अभ्यास नजिकबाट नियालिरहेको बताएका छन् । तर, यस विषयमा सार्वजनिक टिप्पणी नगर्ने पनि उनले बताए ।
स्वीडेनमा मे २१–२२ मा हुन गइरहेको नेटोका विदेश मन्त्रीहरूको बैठकअघि ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा रुटेले भने, ‘हामी पक्कै पनि पछ्याइरहेका छौँ, के भइरहेको छ भनेर निगरानी गरिरहेका छौँ, र यति नै हो ।’
यसअघिका रिपोर्टहरू अनुसार, रुसी सशस्त्र बलले सम्भावित आक्रामक खतराको जवाफमा आणविक बलको तैनाथीको अभ्यास गर्न मे १९ देखि २१ सम्म सैन्य अभ्यास गर्ने योजना बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4