News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामा निर्माण गरिएको बेलिब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ ।
- गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतको करिब १ करोड ५० लाख रुपैयाँ बजेटमा सो बेलिब्रिज निर्माण गरेको हो ।
- बेलिब्रिज सञ्चालनमा आएसँगै वर्षायाममा स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सास्ती खेपिरहेका स्थानीय बासिन्दालाई सहज हुने भएको छ ।
१० जेठ, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ ।
बेलिब्रिजको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका बीच गरेका छन् ।
गाउँपालिकाले आफ्नै स्रोतमार्फत करिब १ करोड ५० लाख बजेट उक्त बेलिब्रिज निर्माण गरेको हो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै बर्खायाममा आवतजावत गर्न सर्वसाधारणलाई सहज भएको अध्यक्ष घर्तीमगरले बताए ।
यो खोला पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक हो ।
वर्षायामको समयमा खोला तर्न नसक्दा गाउँका नागरिकले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा गम्भीर समस्या भोग्दै आएका थिए । अब यो समस्याबाट स्थानीयहरूले राहत मिल्ने स्थानीय पाना पुनले बताए ।
प्रतिक्रिया 4