News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम लागु भएपछि वैशाख महिनामा ३४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् ।
- निःशुल्क सेवा अन्तर्गत प्रसूति गराएकामध्ये २०८ जनाको सामान्य र १४० जनाको शल्यक्रियामार्फत सुरक्षित रूपमा प्रसूति गराइएको छ ।
- प्रतिष्ठानका निमित्त निर्देशक डा. सुरेश रसाइलीले निःशुल्क प्रसूति सेवा सञ्चालन भएसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।
११ जेठ, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । यो संख्या १-२९ वैशाखसम्मको हो ।
प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रम निःशुल्करूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउने महिलाहरू अहिले सेवा पाउँदा खुसी भएका छन् ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवाले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी २ सय ८ जना र शल्यचिकित्सा सेवाबाट १ सय ४० जना गरेर ३ सय ४८ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।
त्यस्तै प्रसूति सेवा विभागबाट एक महिनाकै अवधिमा गर्भपतन (मिसक्यारिज) ४१ जना र अन्य ६ जनाले सेवा पाएका छ्न ।
यसैगरी वैशाख महिनामा प्रसूति सेवाबाट २ हजार १ सय ९४ जना महिलाले ओपीडी सेवा र ५३ जनाको भर्ना गरेर उपचार गरिएको छ ।
प्रतिक्रिया 4