+

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा समेटिए २५ महिला खेलाडी, बढ्यो पारिश्रमिक

२०८३ जेठ  ११ गते १८:५० २०८३ जेठ ११ गते १८:५०
क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा समेटिए २५ महिला खेलाडी, बढ्यो पारिश्रमिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघ (क्यान) ले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेट्दै वर्गीकरण सार्वजनिक गरेको छ ।
  • खेलाडीहरूलाई चार समूहमा विभाजन गरी मासिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म पारिश्रमिक निर्धारण गरिएको छ ।
  • यसपटक सम्झौतामा समेटिने खेलाडीको सङ्ख्या बढाइएको छ भने सबै श्रेणीका खेलाडीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि भएको छ ।

११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ । क्यानले सोमबार २५ खेलाडीलाई ४ क्याटगोरीमा समेट्दै ग्रेडिङ गरेको हो ।

जसअनुसार क्याटगोरी ए मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर छन् ।

क्याटगोरी बी मा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का छन् । विन्दु रावल, कविता जोशी, रिया शर्मा र रुवी पोद्दार क्याटगोरी सी मा छन् ।

डेभलप्मेन्ट क्याटगोरीमा अनु कडायत, अश्मिना कर्माचार्य, इश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना प्रविण, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट छन् ।

यसअघि १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको क्यानले यसपटक बढाएर २५ पुर्‍याएको हो ।

क्याटगोरी ए मा पर्ने खेलाडीहरुले मासिक ५५ हजार, क्याटगोरी बी मा पर्ने खेलाडीहरुले ४० हजार, क्याटगोरी सी मा पर्ने खेलाडीहरुले ३० हजार र डेभलप्मेन्ट क्याटगोरीमा पर्ने खेलाडीहरुले मासिक २५ हजार पारिश्रमिक पाउनेछन् ।

सबै क्याटगोरीमा पर्ने खेलाडीहरुको पारिश्रमिक ५ हजारका दरले बढेको छ ।

क्यान सेन्ट्रल कन्ट्रयाक्ट नेपाली महिला क्रिकेट सेन्ट्रल कन्ट्र्याक्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय