+

एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पलेशालाई कांस्य

२०८३ जेठ  ११ गते २०:४१ २०८३ जेठ ११ गते २०:४१
एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पलेशालाई कांस्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी पलेशा गोवर्धनले मंगोलियामा भएको ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी छन् ।
  • सेमिफाइनलमा इरानकी खेलाडीसँग पराजित भएपछि पलेशा कांस्यमा सीमित भएको प्रशिक्षक कविराज नेगी लामाले बताए ।
  • प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी अमिर ब्लोन र रेणु तामाङ पहिलो चरणमै पराजित भएका छन् ।

११ जेठ, काठमाडौं । नेपालकी पलेशा गोवर्धनले ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।

मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।

अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुने छन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन् ।

पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्व र्‍याङ्किङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।

एसियाली पारा तेक्वान्दो पलेशा गोवर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय