+

त्रिवि मैदान सम्झौताबारे विश्वविद्यालयको शर्त : अनुमति लिएर मात्रै प्रतियोगिता गर्नुपर्ने

२०८३ जेठ  १२ गते १२:४६ २०८३ जेठ १२ गते १२:४६
त्रिवि मैदान सम्झौताबारे विश्वविद्यालयको शर्त : अनुमति लिएर मात्रै प्रतियोगिता गर्नुपर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरी त्रिवि क्रिकेट मैदानको सम्झौता थप गर्ने प्रक्रिया अगाडि बढाएको छ।
  • त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानले गरेको २५ वर्षको सम्झौता गत वैशाख महिनामा सकिएको हो।
  • रजिस्ट्रार महानन्द चालिसेले विश्वविद्यालयसँग सहमति लिएर र खेल तालिका बुझाएर मात्रै प्रतियोगिता गर्नुपर्ने बताए।

१२ जेठ, काठमाडौं । त्रिवि क्रिकेट मैदानको सम्झौताबारे त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरी सम्झौता थप गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

क्रिकेट मैदानको अर्काे व्यवस्था नभएसम्म प्रतियोगिता आयोजना गर्न दिने गरी सहमतिको तयारी भएको त्रिविका रजिस्ट्रार महानन्द चालिसेले जानकारी दिए ।

‘क्रिकेट मैदानलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । विश्वविद्यालय र क्यान बसेर छलफल गर्छाैं । तर, अब लामो समयको लागि सम्झौता हुँदैन’ उनले भने, ‘छोटो समयका लागि कसरी जाने क्यान प्रतिनिधि बोलाएर कुराकानी गर्छाैं ।’

त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका १८ संघसंस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । त्यसमा क्यान पनि थियो ।

क्यानसँगको सम्झौता सकिएन लागेसँगै त्रिविले मैदान खाली गर्न पत्र काटेको थियो । तर, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रुपमै क्यानसँगको सम्झौता थप हुने बताएपछि त्रिवि लचक भएको थियो ।

त्रिविका रजिस्ट्रार चालिसेले विश्वविद्यालयसँग सहमति लिएर मात्रै प्रतियोगिता गर्नेगरी सम्झौता हुने बताए । ‘अर्काे विकल्प नभएसम्म विश्वविद्यालयसँग अनुमति लिएर प्रतियोगिता गर्नुपर्छ । क्यानले पहिले नै यो दिन खेल हुने भनेर क्यालेन्डर बनाएर दिनुपर्छ । क्यालेन्डर बनाएर त्रिविले अनुमति दिएपछि प्रतियोगिता हुन्छ’ उनले भने, ‘विश्वविद्यालयभित्र क्रिकेटभन्दा पठनपाठन ठूलो हो ।’

त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानले गरेको २५ वर्षको सम्झौता वैशाखमा सकिएको हो । क्यानले सम्झौता थपका लागि दिएको निवेदन शिक्षा मन्त्रालयमा पुगेको छ ।

त्रिभुवन विश्‍वविद्यालय त्रिवि क्रिकेट मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय