+

एसियन गेम्स क्रिकेट छनोटमा चीनमाथि नेपालको जित

२०८३ जेठ  १३ गते १४:४९ २०८३ जेठ १३ गते १४:४९
एसियन गेम्स क्रिकेट छनोटमा चीनमाथि नेपालको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्सको महिला क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ ।
  • पहिले ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले ६३ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलिन् ।
  • नेपालका तर्फबाट कसिलो बलिङ गर्दै रिया शर्माले दुई विकेट र अन्य तीन बलरले एक-एक विकेट लिए ।

१३ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ ।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन बनाइन् ।

कप्तान झु आउट हुनुअघिसम्म चीन १५.५ ओभरमा ९०-२ को अवस्थामा थियो । मनिषा उपाध्यायको बलमा उनी आउट भएपछि चीनको रनगति कम भएको थियो ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, मनिषा उपाध्याय र पूजा महतोले १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।

रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए ।

चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए ।

प्रतियोगितामा भोलि नेपालले इन्डोनेसियासँग खेल्नेछ ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय