+

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल निर्विरोध

२०८३ जेठ  १४ गते १४:५५ २०८३ जेठ १४ गते १४:५५
लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल निर्विरोध

१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार तुलसीपुरमा भएको तेस्रो अधिवेशनबाट लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

रिजाल प्रदेश तेक्वान्दो संघको संस्थापक अध्यक्षसमेत हुन् । पहिलो पटकको तदर्थ समितिसमेतलाई गणना गर्दा रिजालको यो नियमित तेस्रो कार्यकाल हो ।

रिजाल अध्यक्ष हुँदा यसअघि तुलसीपुरको कृष्ण मन्दिर नजिकै तेक्वान्दोको सभाहल निर्माण भएको थियो । त्यो सभाहल निर्माणमा रिजालको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अधिवेशनबाट उपाध्यक्षद्वयमा विनिल केसी र राजिवसिंह क्षेत्री र कोषाध्यक्षमा देवबहादुर केसी पनि निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा निर्वाचित विनिल यसअघिको कार्यसमितिमा सचिव थिए भने कोषाध्यक्ष बनेका केसी कार्यसमिति सदस्य थिए । यस्तै, सचिवमा भने मोहन सुनार मनोनीत भएका छन् ।

यसगरी, अधिवेशनबाट कार्यसमिति सदस्यमा रितु राना, बमबहादुर विक, दुर्गाबहादुर खड्का, सचिन पौडेल, डम्मरबहादुर बुढाथोकी, वीरबहादुर रावत `विरु´, दीपेन्द्र रिजाल, सपना बस्नेत, नारायणीकुमारी वली, श्याम घले र सावित्रा गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक पारेश्वर भट्टराईले जानकारी दिए ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय