+

कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

२०८३ जेठ  १५ गते १४:२७ २०८३ जेठ १५ गते १४:२७
कुन उमेरका बालबालिकालाई दैनिक कति प्रोटिन चाहिन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार १ देखि ३ वर्षका बालबालिकालाई दैनिक १३ ग्राम र किशोरहरूलाई ५२ ग्रामसम्म प्रोटिन चाहिन्छ।

आफ्ना बच्चा निरोगी रहुन्, बलियो बन्नुन् भन्ने चाहना कसलाई हुँदैन र ! त्यसका लागि आमाबुबा तथा अभिभावकले सकेसम्म प्रयास गरिरहेकै हुन्छन् । उनीहरूलाई पोषण पुगेको छ, छैन भन्ने कुरामा पनि अभिभावकले चासो पक्कै राखिरहेका हुन्छन् । तर बालबालिकालाई कुन पोषण कतिसम्म चाहिन्छ ? भन्ने ज्ञान हुँदैन ।

अर्को समस्या के हुन्छ भने बच्चाहरू जुन पायो त्यही खानेकुरा खान मन गर्दैनन् । केही निश्चित खानेकुरा मात्रै मीठो मानेर खाने बानी हुन्छ । अनि अभिभावकले पनि जे राम्ररी खान्छ, त्यो मात्रै खान दिइरहेका हुन्छन् ।

सामाजिक सञ्जाल र इन्टरनेटमा प्रोटिन शेक, सप्लिमेन्ट, सुपरफूड र स्वस्थ खाजा आदिको बारेमा धेरै चर्चा हुन्छ ।  यी देखेर बालबालिकालाई कस्तो खानेकुरा खुलाउनु सही हो भन्ने बुझ्नै कठिन भइरहेको हुन्छ ।

आहारले बच्चाको उचाइ, तौल, रोग प्रतिरोधात्मक क्षमता, मस्तिष्क विकास, शैक्षिक ध्यान र ऊर्जा स्तरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले बाल्यकालदेखि नै उचित पोषण हुनु महत्त्वपूर्ण मानिन्छ ।

आवश्यक पोषक तत्त्वबारे राम्रो जानकारी लिएर सही मात्रामा खानेकुराहरू खुवाएमा बालबालिकाको पोषणको बारेमा त्यति धेरै चिन्ता पनि लिइरहनुपर्दैन ।

बालबालिकाका लागि प्रोटिन किन महत्त्वपूर्ण छ ?

प्रोटिन शरीरको वृद्धिका लागि महत्त्वपूर्ण पोषक तत्व हो । यसले मांसपेशीहरूलाई बलियो बनाउन, शरीरका कोषहरू मर्मत गर्न र प्रतिरक्षा प्रणालीलाई समर्थन गर्न मद्दत गर्दछ।

अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार, १ देखि ३ वर्ष उमेरका बालबालिकाहरूलाई दैनिक लगभग १३ ग्राम प्रोटिन चाहिन्छ ।

४ देखि ८ वर्ष उमेरका बालबालिकाहरूलाई लगभग १५ ग्राम प्रोटिन चाहिन्छ

९ देखि १३ वर्ष उमेरका बालबालिकाहरूको लागि यो मात्रा बढेर लगभग ३४ ग्राम हुन्छ।

किशोरी केटीहरूलाई लगभग ४६ ग्राम र किशोर केटाहरूलाई दैनिक लगभग ५२ ग्राम प्रोटिन चाहिन्छ।

बालबालिकाहरूले प्रोटिनका कुन स्रोतहरू प्राप्त गर्न सक्छन् ?

खुसीको कुरा के हो भने धेरैजसो बालबालिकाहरूले आफ्नो सामान्य घरेलु खानाबाट पर्याप्त प्रोटिन पाउँछन् । दूध, दही, दाल, चीज, अण्डा, गेडागुडी, माछामासु आदि खानेकुराबाट सजिलै प्रोटिन प्राप्त भइरहेको हुन्छ ।

यी खानेकुराहरू सन्तुलन मिलाएर खाने दिइयो भने बालबालिकाहरूलाई प्रोटिन पाउडर वा पूरकहरू दिनु आवश्यक छैन ।

चिकित्सक तथा आहारविद्को सल्लाहबिना यस्ता पूरकहरू दिइयो भने त्यसले नकारात्मक असर गर्न सक्छ । अत्यधिक प्रोटिन सेवनले मिर्गौला र कलेजोमा दबाब दिन सक्छ र निर्जलीकरणको जोखिम बढाउन सक्छ ।

प्रोटिन बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय