+

पाँच वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण

२०८३ जेठ  १५ गते १७:२४ २०८३ जेठ १५ गते १७:२४

सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँच वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण

१५ जेठ, काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ उनले भने ।

यस्तै, आगामी तीन वर्षभित्र विराटनगर, लाहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।

नेपाली क्रिकेट बजेट भाषण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय